मंगलपुरमा कार्तिक कुँवर मेला सुरु


कुलदिप ‘प्रेम’ / जनकपुरधाम, २७ कार्तिक । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ मंगलपुरमा कार्तिक कुँवर मेला मंगलवारबाट सुरु भएको छ । मंगलवार विहान कलशयात्रा निकालेर मेलाको प्रारम्भ गरिएको हो ।

मेला भर्न टाढा–टाढाबाट सर्वसधारण आउने गरेका छन् । मंगलवार समेत मेलामा भिडभाड देखियो । करिब २ लाख रुपैया खर्च गरेर मेला आयोजना गरिएको मेला समितिका अध्यक्ष चन्देश्वर राउतले जानकारी दिए । मेला तीन दिनसम्म चल्नेछ ।

मेलामा विभिन्न खालका मनोरञ्जन गर्ने रामझुला, रामहिलोरा, ब्रेक डान्स समेत रहेको छ । मेलाका लागि वडाध्यक्ष जयकिशोर सिंहले आर्थिक सहयोग १५ हजार रुपैया दिने भनेपनि ५ हजार मात्र दिएको मेला समितिले गुनासो गरे । उनले मेलामा भइरहेको खर्च व्यहोर्न समस्या भएको बताए ।

प्रकाशित : २०७६ कार्तिक २७, बुधबार ०३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ