पर्साबाट हुण्डीको साढे सात लाख रकमसहित दुई भारतीय पक्राउ


विरगंज, २९ कार्तिक । पर्सा प्रहरीले हुण्डी कारोबारमा प्रयोग भएको सात लाख ४९ हजार ५ सय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका-१६ स्थित सडकमा शुक्रबार दिउँसो ३ बजे प्रहरीले रक्सौलबाट आउँदै गरेका भारतीयलाई नगदसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल थाना बस्ने सोनुकुमार र अंकित कुमार छन्। बिआर०५एबी ६३०२ नम्बरको मोटरसाइकलमा आएका उनीहरूलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

स्रोत नखुलेको रकम प्रतिबन्धित हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकालाई जिल्ला अदालत पर्साबाट बैंक तथा वित्तीय कारोबार सम्न्धी ऐन अन्तर्गत हुण्डी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको राठौरले बताए।

प्रकाशित : २०७६ कार्तिक २९, शुक्रबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ