प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त : प्रभु साह


बारा, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् ।

नेकपा बाराका नेता अभिमन्यूबहादुर क्षेत्रीको १३ औं पुन्य तिथिको अवसरमा शनिवार जितपुर सिमरा उपमहानगरपालिकाको फतेपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै भ्रष्टाचारकै कारण प्रदेशको समृद्धि असम्भव भएको बताए । उनले प्रदेश २ मा समृद्धि तथा सुशासन कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले मात्रै ल्याउँन सक्ने पनि बताए ।

अरु त भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले प्रश्न गरे- ‘कसरी समृद्धि सम्भव छ ?’ उनले अब कम्युनिष्ट नेतृत्वको सरकारको आवश्यक्ता रहेको समेत बताए । उनके आजकल राजनीतिकलाई व्यापार बनाउन थालिएको समेत बताए ।

नेकपा केन्द्रीय सदस्य तथा पुर्व मन्त्री समेत रहेका नेता साहले केही व्यक्तिले राजनीतिको नाममा व्यापारीकरण गरी दुसित बनाएको बताए । समाजमा परिवर्तन ल्याउँनका लागि राजनीति गर्नुपर्नेमा जोड दिदै साहले नाफा कमाउँनेले व्यापार गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ