सिरहामा प्रहरीद्वारा २३ हजार बोट गाँजा फडानी


लहान, १ मंसिर । सिरहाका विभिन्न स्थानमा अवैध रुपमा गरेकाे गाँजा खेती नष्ट गरिएको छ । प्रहरीले शनिबार सिरहाका विभिन्न स्थान गएर २३ हजार भन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रहरीले नवराजपुर गाउँपालिका वडा नं. ६, मझौरा, जगतपुर र वडा नं. ५ मिनाहा कुसन्डीमा लगाइएको गाँजा ३ हजार बोट, गोलबजार नगरपालिका १० मा अन्दाजी १२ हजार गाँजाका बाेट फडानी गरी नष्ट गरेको हो । त्यस्तै प्रहरीले मिर्चैयामा पनि गाँजाको बोट फडानी गरेको छ ।

प्रकाशित : २०७६ मंसिर १, आईतवार ०४:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ