आगलागीमा परी ५ वर्षीय बालकको मृत्यू, घर जल्दा २३ लाख बढीको क्षति


उदयपुर, ६ मंसिर । त्रियुगा नगरपालिका १६ रातापानीमा भएको आगलागीमा परेर एक बालकको मृत्यू भएको छ । आगलागीबाट करिब २३ लाखभन्दा बढीको क्षति पनि भएको छ ।

आगलागीमा परी स्थानीय चन्द्र बहादुर राईको ५ वर्षीय छोरा बिष्णु बहादुर राईको मृत्यु भएको हो । छिमेकी बम बहादुर राईको घर र गोठमा समेत फैलिएर आगलागी भएको छ ।

आगलागीले उनी दुवै जनाको घर र गोठ जलेर करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ६, शुक्रबार ०७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ