भ्रष्ट मेयर बरबरिया मुर्दाबादको नारा लगाएर भत्ता मागे बृद्ध–बृद्धाहरु (भिडियोसहित)


जनकपुरधाम, ६ मंसिर । धनुषाको शहीदनगर नगरपालिकाले लामो समयदेखि बृद्धभत्ता नदिएको भन्दै स्थानीय बृद्ध-बृद्धाहरू आन्दोलित बनेका छन् । शुक्रबार सयौंको संख्यामा बृद्ध-बृद्धा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

विगत ८ महिनादेखि भत्ता नदिएको बृद्धबृद्धाले गुनासो गरे। उनीहरूले नगरप्रमुख उदय बरबरियाविरुद्ध नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरे । नगरपालिका पटक पटक धाउँदा पनि नगरप्रमुख बरबरियाले वास्ता नगर्ने गरेको जनार्द मरिकले बताए । उनले नगरप्रमुखले बृद्ध भत्तामा भ्रष्टाचार गरेको आरोप समेत लगाएको स्थानीय युवक सर्वजित यादबले बताए ।

https://www.youtube.com/watch?v=rKW0fdezw1c

नगरपालिकाका ९ वटैबाट बृद्धबृद्धा नगरपालिका पुगेका थिए । बृद्धभत्ताका लागि विरोध हुने थाहा पाएपछि नगरप्रमुख बरबरिया कार्यालयबाट पहिल्यै निस्किसकेका थिए । उनीहरू घण्टौसम्म कार्यालय अगाडि नारा जुलुस लगाएर घर फर्केका छन् ।

प्रकाशित : २०७६ मंसिर ६, शुक्रबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ