रघुवीर महासेठ मंत्री भएपछि सवा अर्व रुपैयाँ आम्दानी गरेको खुलासा


काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहँदा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सवा अर्व रुपैयाँ आम्दानी गरेका छन् ।

भ्रष्ट छवि बनाएका महासेठले विभिन्न आयोजनाबाट कमिशन लिएर २० महिनामा सवा एक अर्ब रुपैयाँ आम्दानी गरेका खबर आजको साँघु साप्ताहिकले छापेको छ । उनको व्यवहार र कार्यशैलीबाट वाक्कदिक्क भएका उनको क्षेत्रका नागरिकले उनी मन्त्रीबाट वर्खास्त भएको दिन दीपावली नै गरेका छन् । नेकपाका कार्यकर्ताले खुसीयालीमा मिठाईसमेत बाँडेका छन् ।

महासेठको क्षेत्रका पत्रकार मिथिलेश साह भन्छन्, ‘महासेठलाई चुनाव जिताउन हामीले सहयोग गर्यौ । तर महासेठले तीन चार जना कार्यकर्तालाई मात्र साथमा लिएर स्थानीयबासीप्रति गलत व्यवहार र धम्की दिने काम गरिरहे । ती मन्त्रीका मान्छेले पनि दादागिरी मञ्चाउँदै दुःख दिए । त्यसैले उनलाई मन्त्रीबाट हटाउँदा हामी खुसी भएका छौँ ।’

महासेठले विभिन्न आयोजनाको फाइल रोक्ने, म्याद नथप्ने, रेल विभागको टेन्डर सम्झौता, राजनीतिक नियुक्ति र सरुवा बढुवाबाट सवा अर्ब रुपैयाँ आम्दानी गरेका हुन् ।

प्रकाशित : २०७६ मंसिर ९, सोमबार ०३:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ