प्रधानमन्त्रीको स्वास्थ्य अवस्था के छ ? हेर्नुस् अपडेट!


काठमाडौं, १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि आकस्मिक शल्यक्रिया गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको हो । पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई मंगलवार बिहान अस्पताल भर्ना गरिएको थियो ।

परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । त्यसपछि तत्काल आकस्मिक शल्यक्रिया गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२:४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ । यो सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’

प्रकाशित : २०७६ मंसिर १०, मंगलवार ०७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ