विवाह पञ्चमी : जनकपुरमा आज त्रेतायुग जस्तै भगवान राम धनुष तोड्ने


जनकपुरधाम, १२ मंसिर । राम जानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन जनकपुरमा धनुष यज्ञ कार्यक्रम हुनेछ । सो अवसरमा रंगभुमि मैदानमा बनाईएको मञ्चमा प्रतिकको रुपमा रहेका भगवान रामले धनुष तोडिनेछ ।

भगवान रामले धनुष तोडेपछि जम्मा भएका हजारौं व्यक्तिले जयकार गर्ने कार्यक्रम रहेको छ । नाटकीय शैलीमा गरिने सो धनुष यज्ञमा त्रेता युग जस्तै विभिन्न राजकुमारहरुलाई राखिने गरिन्छ । सो अवसरमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव सहित जनकपुरका विभिन्न मन्दिरका संत महन्थहरु सहभागी हनेछन्।

धनुष यज्ञका लागि जानकी मन्दिरमा विशेष मञ्च बनाइएको छ । त्रेता युगमा भगवान रामले धनुष तोडेका थिए । त्यसैको संस्मरणमा प्रंत्येक वर्ष विवाह पञ्चमीको बेला जनकपुरमा धनुष यज्ञको आयोजना हुने गरेको छ ।

https://www.youtube.com/watch?v=TZY7rz0yJ4Q

सात दिवसीय विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला सम्पन्न भएको छ भने आज तेस्रो दिन धनुष यज्ञ हुदैछ । भने चौथो दिन तिलकोत्सव, पाँचौंदिन मटकोर, छठौं दिन शुभ विवाह र सातौंदिन रामकलेवा हुनेछ ।

रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल भारतक विभिन्न स्थानबाट भतmजनहरुको आउने क्रम जनकपुरमा जारी रहेको छ ।

https://www.youtube.com/watch?v=kpEOwCDTuEQ
प्रकाशित : २०७६ मंसिर १२, बिहीबार ०२:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ