महोत्तरी : मटिहानी ६ मा राजपा र बलवा २ मा कांग्रेस विजयी


जनकपुरधाम, १५ मंसिर । महोत्तरीमा दुई वडामा भएको उपनिर्वाचनमा कांग्रेस र राजपा एकरएक वडामा विजयी भएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका– ६ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार रामबाबु नायकले ३७५ मत ल्याएर विजयी भएका हुन् । नायकले ३७५ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार जाकिर अन्सारीले ३५५ मत ल्याएका थिए ।

यस्तै, महोत्तरीको बलबा नगरपालिका–२ मा नेपाली कांग्रसले विजयी हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार विपिन पजियारले ४६१ मत ल्याएर विजयी भएका छन् । पजियारले ४६१ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्वन्द्वी राजपा बृजलाल साह भने पराजित भए ।

प्रकाशित : २०७६ मंसिर १५, आईतवार ०५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ