बलात्कार आरोपमा शक्तिशाली सिद्धबाबा पक्राउ


सुनसरी, १६ मंसिर । बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ ।

विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएका गिरीलाई समोमबार विहान त्यहीबाट पक्राउ गरिएको सुनसरीका डीएसपी विनोद शर्माको जानकारी दिए । एक महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको शर्माले बताए ।

गिरीले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएको थियो । गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन् ।

https://www.youtube.com/watch?v=9ofwKJH46eM

बिरामी परेर अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शर्माले बताए ।

प्रकाशित : २०७६ मंसिर १६, सोमबार ०२:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ