धनुषामा १ हजार घुससहित ट्राफिक प्रहरी झा पक्राउ


जनकपुरधाम, १६ मंसिर । धनुषामा ट्राफिक प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन् । ट्राफिक प्रहरी सहायक निरीक्षक नविनकुमार झालाई महेन्द्रनगरबाट अख्तियारको टोलीले १ हजार घुससहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए । मापदण्ड विपरित टिपर चलाएका एक चालकसँग १ हजार घुस लिएलगत्तै उनलाई पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ ।

अख्तियारको टोलीले पक्राउ परेका प्रहरी सहायक निरीक्षक झालाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगिएको छ ।

प्रकाशित : २०७६ मंसिर १६, सोमबार १३:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ