सप्तरीका शिबहरी २५ बर्षपछि योगी बनेर घर फर्केपछि…


राजविराज, १७ मंसिर । २५ बर्षअघि घरबाट वेपत्ता भएका सप्तरीका एक व्यक्ति एकाएकी घर आएका छन् । कंचनरुप नगरपालिका ९ (तत्कालिन रुपनगर गाविस ५) निवासी ती व्यक्ति २५ बर्षपछि जोगिको भेषमा आइतवार घर आएका छन ।

पढनकोलागी सिराहाको ढोडना हिडेका रामचन्द्र पोखरेल तथा तुलशा देवी पोखरेलका कान्छा छोरा शिवहरी पोखरेल वेपत्ता भएका थिए । भारतको विभिन्न शतिm पिठमा रहदै आएको र नेपालको पशसपतिनाथ दर्शन गर्न आउँदा नेपालका जोगीहरुसंग आफु नेपाली भएको बताएपछि ति जोगिहरुले हिन्दु धर्मको कर्म अनुसार आमा बुवा देवता भएकोले जिवित उनीहरुको दर्शन गर्नु पुण्य हुन्छ साथै मृत्यु भए छोराका कर्तब्य पूरा गर्नु भनेअनुसार आमा बुवा खोज्दै आएको उनले बताए ।

रुपनगरस्थित विष्णु मंदिरमा आई आमा बुवा यस ठाउँमा रहेको नरहेको बुझदा रहेको भन्ने थाहा पाए पछि घर आएको बताए । अबका दिनमा जता गएपनि आमा बुवाको सम्पर्कमै रहिरहने पोखरेलले बताए । २०५१ सालमा हराउदा पोखरेल करिब १४ बर्षका थिए । पोखरेल आएपछि उनलाई हेर्न साथीसंगी, चिन्नेजान्नेको घुईचो लागेको छ ।

प्रकाशित : २०७६ मंसिर १७, मंगलवार ०२:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ