नेपाल आइपुग्यो चिनियाँ प्याज, अब मूल्य घट्ने


काठमाडौं, १७ मंसिर । चीनबाट ठूलो परिमाणमा प्याजको आयात गरिएको छ । अब क्रमशः मूल्य घट्दै जाने बताइन्छ ।

कालामाटी फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले मंगलबार चीनबाट ५२ टन प्याज भित्रिएको जानकारी दिए । उनले अझै ठूलो परिमाणमा चिनियाँ प्याज काठमाडौँ भित्रिने समेत बताए । उनका अनुसार अब प्याजको मूल्य घट्नेछ ।

चिनियाँ प्याज व्यापारीले काठमाडौंमा १ सय ४० रुपैयाका दरले थोकमा विक्री गरिरहेका छन् । भारतले प्याज निर्यात राकेपछि मूल्य आकाशिएको थियो ।

प्रकाशित : २०७६ मंसिर १७, मंगलवार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ