न्यायपरिषद्‌मा कानूनमन्त्री उपेन्द्र यादबको आपत्ति


काठमाडौं, १८ मंसिर । न्यायाधीशले अवकाश नपाउँदै रिक्त हुन लागेका पदका लागि गरिएको सिफारिसप्रति न्यायपरिषद्का सदस्य एवं नवनियुक्त कानूनमन्त्री उपेन्द्र यादवले आपत्ति जनाएका छन् ।

कानून मन्त्रालयको नेतृत्व उनले सम्हालेपछि पहिलो पटक बुधबार बसेको न्यायपरिषद् बैठकमा यादवले यसअघिका दुई न्यायाधीशको नाम सिफारिसको कानुनी धरातलमाथि प्रश्न उठाएका हुन् । न्यायपरिषद्ले मंसिर ४ मा विभिन्न उच्च अदालतका लागि १५ न्यायाधीशको नाम सिफारिस गर्ने क्रममा अवकाश नै नभएका तीन न्यायाधीशका ठाउँमा नयाँ नियुक्तिको सिफारिस गरेको थियो ।

भोजपुरका देशबहादुर सार्की, सुनसरीकी रेखा थापा पाण्डे र सप्तरीकी किरणकुमारी गुप्ता मंसिरको १५, १६ र २१ देखि लागू हुने गरी सिफारिस भएका थिए । परिषद् स्रोतका अनुसार कानुनमन्त्री यादवले पद नै रिक्त नभई सिफारिस गर्न हतारो गरेको’ भन्दै आपत्ति जनाएका हुन् ।

https://www.youtube.com/watch?v=8WUeEArnMXo

उनले यस्ता निर्णय हुन नहुने भन्दै परिषद्को अध्यक्षता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ध्यानाकर्षण गराएका थिए । बैठकले गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी विक र रीताकुमारी बख्रेल जिल्ला न्यायाधीशलाई सिफारिस गरेको छ ।

  • कान्तिपुर दैनिक
प्रकाशित : २०७६ मंसिर १८, बुधबार ०२:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ