सात हजार घुससहित प्रहरीका असई यसरी परे अख्तियारको फन्दामा


मोरङ, १९ मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत एक प्रहरी नायब निरीक्षक (असई)लाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले असई श्यामकुमार दाहाललाई सात हजार घुससहित पक्राउ गरेको हो । दाहाल खाद्य सामग्री ओसापोसारमा सहज बनाईदिने भन्दै घुस रकम माग गर्ने र दुःख दिने गरेका थिए । सोही क्रममा घुससहित उनलाई पक्राउ गरेको अख्तियारले जनाए ।

पक्राउ परेका दाहाललाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर १९, बिहीबार ०६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ