बीरगन्जबाट एकै व्यक्तिका दुई छोरा बेपत्ता


पर्सा, १९ मंसिर । रौतहटको इशनाथ नगरपालिका ३ घर भई हाल वीरगन्जमा बस्दै आएका एकै व्यक्तिका दुई छोरा बेपत्ता भएका छन् । बिरगञ्ज महानगरपालिका १६ नगवामा बस्दै आएका अमरेन्द्र साहका छोराद्धय १४ वर्षीय अविनाश र १० वर्षीय आदित्य बेपत्ता भएका हुन् ।

गत सोमबार बिहान ११ बजे घरबाट खाना खाएर निस्केका दुबै छोरा बेपत्ता भएको बुवा अमरेन्द्रले बताए । बेपता भएको चार दिन बितिसक्दा समेत छोराद्धय नभेटेपछि उनको परिवार चिन्तामा डुबेका छन् । अमरेन्द्र छोराद्धयलाई खोजीदिन सम्बन्धित निकायसँग आग्रह गरे ।

छोराद्धय बेपत्ता भएपछि अमरेन्द्रले जिल्ला प्रहरी कार्यालय पर्सामा निबेदन समेत दिएको बताए । उनका अनुसार बिरगञ्जको बिर्तास्थित बेभ सेकेन्डरी स्कुलको कक्षा ८ मा अभिनाश र कक्षा ४ मा आदित्य पढदै आएको थियो ।

प्रकाशित : २०७६ मंसिर १९, बिहीबार ११:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ