धनुषामा खुलेयाम खुस खान्छन् भन्सारका कर्मचारी !


जनकपुरधाम, २० मंसिर । धनुषाको जटही छोटी भन्सारका कार्यालयका कर्मचारी खुलेयाम घुस खाने गरेको रहस्य बाहिरिएको छ । कार्यालयका सहयोगी रामबहादुर कापरले एक सेवाग्राहीसँग घुस लिए । सोही बेला पत्रकार सन्तोष बराइली र शुभेन्द्र दासले उनको तस्विर क्यामेरामा कैद गरेपछि घुसखोरीको रहस्य बाहिरिएको हो ।

भन्सारका इन्चार्ज नविन कुमार पाण्डेकै निर्देशनमा कार्यालय सहयोगी कापर व्यापारी र सर्वसधारणसँग खुलेयाम घुस लिने गरेका छन् । स्रोतका अनुसार व्यापारीले भारतबाट ल्याउने समान थोरै देखाएर राजश्व संकलन गर्छ । र व्यापारीसँग घुस लिने गर्छन् । यस्तै सर्वसधारणले ५ हजारको समान भारतबाट ल्याउँदा पनि भन्सार कटाउने पर्ने धम्की दिन्छन् र पछि रकम (घुस) लिएर छाड्छन् ।

जटही छोटी भन्सारबाटै भारतबाट सबभन्दा बढी समान भित्रिने गरेको बताइन्छ । यहाँका कर्मचारी ठूलो व्यापारीसँग मिलेर भन्सार उठाउने गरेका छैन । तर सर्वसधारण जनतालाई भने सबभन्दा बढी हैरान पार्ने गर्छन् । भन्सारकै कर्मचारीको मिलोमतोमा यस नाकाबाट तस्करी हुने गरेको सो क्षेत्रका स्थानीय बताउँछन् । नेपालबाट भारत र भारतबाट नेपाल अनेकौं समान तस्करी हुने गरेको छ ।

कार्यालय सहयोगी कापर घुस लिएर तस्विर क्यामेरामा कैद गर्दा आफुहरुलाई नियन्त्रणमा लिएर दुव्र्यवहार समेत गरेको पत्रकारद्धय बराइली र दासले गुनासो गरेका छन् । बराइलीले जनकपुर टुडेसँग भने, ‘भन्सारका कर्मचारीहरु नियन्त्रण्मा लिएर दुव्र्यवहार गर्नुका साथै तस्विर समेत डिलिट गर्न लगायो ।’

उनका अनुसार भन्सारका नायव सुब्बा अहमद रजा अन्सारी, कम्प्युटर अपरेटर राज किशोर साह, कार्यालय सहयोगीहरु वैजनाथलाल कर्ण, निरबहादुर कटुवाल र विजय मण्डललगायतले दुव्र्यवहार गरेका छन् ।

https://www.youtube.com/watch?v=7zyIw8X-5-0
https://www.youtube.com/watch?v=e8x0oeXlEG4
https://www.youtube.com/watch?v=hgXaMMarILI
प्रकाशित : २०७६ मंसिर २०, शुक्रबार ०२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ