राजपा नेता मिश्र र काँग्रेस नेतृ झालाई मन्त्री यादबले गराए समाजवादी पार्टीमा प्रवेश


जनकपुरधाम, २२ मंसिर । राजपाका एक नेता र नेपाली काँग्रेसकी एक नेतृ आज समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ४ घर भएकी मिनु झा (काँग्रेस नेतृ) र महोत्तरीको पिप्रा ३ घर भएका अश्विनी कुमार मिश्र (राजपाका जिल्ला सदस्य)ले समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनी दुबै जनालाई समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष विजय यादबले पार्टीमा प्रवेश गराएका छन् ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका अध्यक्ष यादब समक्ष नवप्रवेशी नेतृ झा र नेता मिश्र पार्टीमा इमान्दारिता पूर्वक काम गर्ने प्रतिवद्धता समेत जनाएको मन्त्रीका स्वकिय सचिव अजय यादबले जानकारी दिए ।

प्रकाशित : २०७६ मंसिर २२, आईतवार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ