महोत्तरीबाट एक यूवक लोडेड पेस्तोलसहित पक्राउ


जनकपुरधाम, २३ मंसिर । महोत्तरीको औरही खोला नजिकबाट प्रहरीले दुई थान लोडेड पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–६ फुल्काहका ३२ वर्षीय राकेशकुमार यादव छन् । उनको साथबाट इन्डीयन पेस्तोल १ थान, म्यागजिन १ थान, लोड रहेको गोली चार राउण्ड र नलकटुवा एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।

पेस्तोल बरामद भएको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ ।

प्रकाशित : २०७६ मंसिर २३, सोमबार ११:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ