सप्तरीमा नायब सुब्बा मिश्रा २ लाख घुससहित परे अख्तियारको फन्दामा


जनकपुरधाम, २४ मंसिर । सप्तरीको महदेवाबाट एक वडासचिव घुस सहित अख्तियारको फन्दामा परेका छन् । महादेवा गाँउपालिका ६ का वडा सचिब नायव सुब्बा नबोनाथ मिश्रा घुससहित फन्दामा परेका हुन् ।

जन्मदर्ता प्रमाण-पत्र बनाईदिने भन्दै एक सेवाग्राहीसँग दुई लाख घुस लिएलगत्तै नायब सुब्बा मिश्रा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । उनलाई राजबिराज नगरपालिका २ बाट घुस रकमसहित रंगेहात पक्राउ गरिएको छ ।

प्रकाशित : २०७६ मंसिर २४, मंगलवार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ