जनकपुरको भोडा पानीको जारमा भेट्यो किरा


जनकपुरधाम, २५ मंसिर । होटल राजदरबारमा खानका लागि राखिएको पानीको जारमा किरा भेटिएको छ । विभा बिभरेज्स प्रालिद्वारा उत्पादित भोडा पानीको जारमा किरा भेटिएको हो ।

होटलमा मानव अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमकै सहभागिका लागि राखिएको पानीको जारमा किरा भेटिएको हो । पानी खानका लागि ग्लासमा निकाल्दा किरा भेटिएको कार्यक्रमका सहभागी कुलदीप साहले जानकारी दिए । उनले होटल संचालकलाई भनेपछि बाहिरबाट ल्याउँछु भनेर पन्छिन खाजेको समेत बताए ।

किरा भेटिएको पानीको जारमा ३ महिनासम्म प्रयोग गर्न सकिने उल्लेख छ । तर, बनेको मिति भने उल्लेख गरिएको छैन । अचम्म त के भने उक्त जारमा ‘प्रत्येक बुँदमा शुद्धता’ लेखिएको छ । मानव अधिकारसम्बन्धी कार्यक्रममै खानका लागि राखिएको पानीमा किरा भेट्नु गम्भीर विषय भएको एक सहभागीले बताए ।

विभा बिभरेज्स प्रालिका प्रोपराइटर रानो कर्णले पानीको जार अन्य कम्पनीले पनि लगेर पानी प्याक गरी बेच्ने गरेको भन्दै पन्छिन खाजेका छन् । उनले भने, ‘भोडा जार मेरो हो । तर, किरा भेटेको पानी अन्य कम्पनीले पनि प्याक गरी बेचेको हुनसक्छ।’

एउटा कम्पनीको जारमा अन्य कम्पनीले पानी बेच्ने गलत हो भन्दै उनले प्रशासनलाई दोषी देखाए । उनले प्रशासनले अनुगमन नगर्दा पानी कम्पनीहरूले लापरबाही गर्ने बताए । तर, उनले आफू स्वयं पनि अन्य कम्पनीको जारमा पानी प्याक गरेर बिक्री गर्ने गरेको स्वीकारे ।

https://www.youtube.com/watch?v=BQJ_bLYY1gA
https://www.youtube.com/watch?v=WJPnlu68IcM
https://www.youtube.com/watch?v=FOMR9fBcY0Y
प्रकाशित : २०७६ मंसिर २५, बुधबार ०२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ