धनुषा बमकाण्ड : शोकमा जिल्लाभरका निजी विद्यालय र क्याम्पस बन्द


जनकपुरधाम, २९ मंसिर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रवार मध्यरातमा भएको बम विस्फोटमा एक विद्यार्थीसहित तीन जनाको ज्यान गएपछि आज जिल्लाभरका संस्थागत विद्यालयहरु बन्द गरिएको छ ।

घटनामा दुःखद भएको भन्दै शोकमा धनुषाका सबै विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय प्याब्सन धनुषाले गरेको छ । प्याब्सनका अध्यक्ष चन्द्रनारायण मण्डलले विज्ञप्ती जारी गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । उनले बम विस्फोटको आततायी घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न समेत जोडदार माग विज्ञप्ती मार्फत गरेका छन् ।

उक्त बिस्फोटमा परी प्रहरीनिरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो । राजेशका छोरी निक्की, अर्का छोरा प्रकाश र एक प्रहरी जवान समेत घाइते छन् । उनीहरुको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

https://www.youtube.com/watch?v=8C6-ywNbZgs

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई महिलासहित तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटनाको छानविनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीनिरीक्षक उमाशंकर प्रसादसाहको संयोजकत्वमा ७ सदस्यी छानविन समिति समेत बनाइएको छ ।

https://www.youtube.com/watch?v=ztsd_NrVVDM&t=46s
प्रकाशित : २०७६ मंसिर २९, आईतवार ०३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ