बमकाण्ड : मृतक आत्माको शान्तिका लागि महेन्द्रनगरमा दिप प्रज्वलन


कुलदिप दास/ जनकपुरधाम, १ पौष । धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि दिप प्रज्वलन गरिएको छ । सोमवार साँझ महेन्द्रनगरमा स्थानीय दुधमती युवा क्लबको आयोजनामा दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलन समारोहमा यूवाहरुको सहभागिता रहेको थियो । विस्फोट गराउने अपराधी चाडोभन्दा चाडो पक्राउ परोस् भनेर कामना समेत गरेको क्लवका अध्यक्ष सितेश झाले बताए । उनले अपराधीलाई कडा कारबाही गर्नुपर्ने माग गरे ।

बम विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, स्थानीय राजेश्वर साह र उनका छोरा आनन्द साहको निधन भएको थियो । उक्त घटनाले महेन्द्रनगर मर्माहित बनेको छ । आईतवार जनकपुरमा समेत दिप प्रज्वलन गरी मृतकको आत्माको शान्तिको कामना गरिएको थियो ।

प्रकाशित : २०७६ पुष १, मंगलवार ०२:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ