बरियारपट्टी गाउँपालिकाका मृतक कार्यपालिका सदस्यको परिवारलाई सात लाख सहयोग


मुकेश यादब / लहान, १ पुस । बरियारपट्टी गाउँपालिकाको कार्यपालिका सदस्य ललिता कुमारी यादबको निधन भएपछि उनका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

गाउँपालिका प्रमुख संतोष कुमार महतोले मंगलवार मृतक यादबका परिवारलाई सात लाखको चेक हस्तान्तरण गरेको हो । मृतक यादबका जेठो छोरा तुलसी राम यादबलाई चेक हस्तान्तरण गरिएको प्रमुख महतोले जानकारी दिए ।

गत बैशाख १० गते घरमै खाना पकाउने बेला ग्यास सिलिन्डर विस्फोट भएपछि कार्यपालिका सदस्य यादको निधन भएको थियो ।

३५ वर्षकै उमेरमा मृत्यु भएका यादवका २ छोरा र १ छोरी छन् । आर्थिक सहयोग पाएपछि उनीहरुलाई पढ्नमा मद्दत पुग्ने गाउँपालिका प्रमुख महतोले विश्वास व्यक्त गरेका छन् ।

https://www.youtube.com/watch?v=kohHV_k-x5o
https://www.youtube.com/watch?v=s0cTC43k82o
https://www.youtube.com/watch?v=ztsd_NrVVDM
प्रकाशित : २०७६ पुष १, मंगलवार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ