महोत्तरीको सेना शिविरमा पाँच किलो ट्युमरको सफल अप्रेशन


जलेश्वर, २ पुस । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको जिल्लामा अवस्थित रणभीम गणका गणपति विदुर अधिकारीले बताए ।

खखना माविमा बिरामी पहिचान गरी जिल्ला अस्पताल जलेश्वरमा शल्यक्रियाका लागि आएकी ती महिलालाई नेपाली सेनाको आर्मी अस्पताल काठमाडौँबाट आएको सर्जनसहितको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरी ट्युमर निकालेको हो ।

नेपाली सेनाको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अहिलेसम्म ९५ जनाको शल्यक्रिया गरिसकिएको जनाइएको छ । रासस

प्रकाशित : २०७६ पुष २, बुधबार ०३:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ