जनकपुरका सडकपेटीमा बस्नेहरुलाई कम्बल वितरण


जनकपुरधाम, २ पुस । चिसो बढेसंगै क्लोथ बैंक धनुषाले मठ, मन्दिर, धर्मशाला र सडकपेटीलाई वासस्थान बनाएकाहरुलाई कम्बल वितरण गरेको छ ।

प्रदेश नं २ का समाजिक विकास मन्त्री नबल किशोर साह र राजपा महासचिव राजीब झा द्वारा जनकपुरका विभिन्न ठाउँ मठ,मन्दिर,धर्मशालाको बाहिर,सडक पेटिमा सुतिरहेका ब्यक्तिहरुलाई चिसोवाट वच्न स्थलमै पुगी कम्वल ओढाएका हुन् ।

क्लोथ बैंक धनुषाको अध्यक्ष समेत रहेको महासचिव झाको सहयोग र सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेल ,राजपा नेपालका मनोज चौधरी,जिल्ला अध्यक्ष मण्डल सदस्य संजय सिंह,युवा नेता सुमित साह,सहायक प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी निरीक्षक प्रकाश भट्ट, जनकपुर युथ क्लबको पुर्ब अध्यक्ष मनिष झा श्रीओम, धनुषा जिल्ला उपाध्यक्ष मनिष चौधरी, दिबाकर झा पत्रकार बटुक नाथ झा, अभियानी मनोज साह, व्यावसायि शंकर झा सहितको विशेष उपस्थितिमा कम्बल वितरण गरेका हुन् ।

धनुषा जिल्लामा जाडो बढेसंगै समाजिक विकास मन्त्री र महासचिव राजीव झाको विशेष प्रयासमा राती ९ः३०देखि ११ बजे सम्म मुरली चौक राम मन्दिर वरपर, गंगा सागर, जानकी मन्दिर, जिरोमाइल, बस स्टेण्ड, बेला कुट्टी वरपर सडक पेटी सहित जत्र तत्र बिना न्यानो कपडा ओढि सुतेको ब्यक्तिहरुलाइ ३७ थान कम्बल बितरण गरेका थिए ।

पछिल्लो समय तराई मधेशमा हस्सू सँगै चिसो हावा सँगै जाडो बढेर गएको छ ।

प्रकाशित : २०७६ पुष २, बुधबार ०९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ