लहानमा रोक्का जग्गा फुकुवाका लागि प्रदर्शन, वडाध्यक्ष गुप्ता पनि सहभागी


फिरोज शेख / लहान, ३ पुस । लहानको विभिन्न वडामा रहेको बालबिटोरी र गाउँ ब्लाक नाममा दर्ता रहेको रोक्का जग्गा फुकुवाको मांग गर्दै बाल बिटोरी गाउँब्लक जग्गा संघर्ष समिती लहानले प्रदर्शन गरेको छ । प्रदर्शनमा लहान नगरपालिका ७ का वडाध्यक्ष राकेश गुप्ता रोषणको समेत सहभागी जनाए ।

लहान ७ स्थित राममन्दिरबाट स्थानीयबासि ,व्यापारी,राजनीतिक दलहरुको उपस्तिथिमा बालबिटोरी र गाउँ ब्लकको जग्गा फुकुवा गर, श्रेस्ता कार्यवयन गर, लालपुर्जा कायम गर लगायतका नारा लेखिएको प्लेकार्ड लिएर प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले लहानको विभिन्न भागको परिक्रमा गरि मालपोत कार्यालयमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन संघर्ष समितीका संयोजक विजय गुप्ता, राजपा नगर अध्यक्ष मो. आलम लगायतले जग्गाधनि पुर्जा वितरण भएपनि नेपाल सरकारद्वारा जग्गा रोक्का राखी जनतालाई दुःख दिने काम गरेको आरोप लगाएका छन् । उनीहरुले विगत ६ महिनादेखि केहि सरोकारवाला र राजनीतिक व्यक्तिहरुद्वारा भुमिसुधार मन्त्रालय काठमाडौंमा पटक पटक दवाब दिएपनि समस्या जस्ताको त्यस्तै रहेको हुँदा यस गम्भीर समस्यालाई समाधान गर्न मांग समेत गरे ।

लेखापढी व्यवसायिक संघ लहानका अध्यक्ष महेश्वर चौधरी र लहान मालपोत कार्यलयका प्रमुख हरि नारायण चौधरीलाई ज्ञापनपत्र समेत बुझाए । संघर्ष समितिका संयोजक विजय कुमार गुप्ता र सहसंयोजक रामऔतार शर्माको हस्ताक्षर रहेको उक्त ज्ञापन–पत्र भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय सिंहदरबार काठमाडौं, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुरधाम धनुषा, मालपोत विभाग काठमाडौं, नापी विभाग मिन भवन काठमाडौं लगायतका सम्बन्धित निकायलाई बोदार्थ पठाएको छ ।

प्रकाशित : २०७६ पुष ३, बिहीबार ०२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ