शीतलहरले मधेसको जनजीवन कष्टकर, केही जिल्लामा विद्यालय बन्द गरियो


जनकपुरधाम, ३ पुस । शीतलहरका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित मधेसको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि सुरु भएको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ।

चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ ।

यसैविच, शीतलहरका कारण अत्याधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आज र भोलि बन्द गर्ने निर्णय भएको छ ।

सबै सरोकारवालासँग धनगढी उपमहानगरपालिकाले छलफल गरेपछि उक्त निर्णय गरेको हो । शनिबारको मौसमी अवस्था हेरेपछि थप के गर्ने भन्ने बिषयमा भने निर्णय लिइने उपमहानगरपालिकाका मेयर निर्प ओडले जानकारी दिए ।

उता भिमदत्त नगरपालिका कञ्चनपुरले पनि चिसोका कारण आज र भोलि बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

https://www.youtube.com/watch?v=cjOcV3mtANM

आज पनि तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाका मौसमविद् शान्ती कँडेलले आग्रह गरिन । शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ ।

हुस्सु लाग्न थालेपछि सर्लाहीसहित मधेसका जिल्लाका किसान चिन्तित भएका छन् । हुस्सुले तोरी, गोलभेंडा, आलु, लहरी जस्ता बालीमा क्षति पुर्‍याउने भएपछि किसानलाई चिन्तित बनाएको छ ।

https://www.youtube.com/watch?v=kohHV_k-x5o
https://www.youtube.com/watch?v=wKC8WKc-kdE
https://www.youtube.com/watch?v=-pbSLuNoFkY
प्रकाशित : २०७६ पुष ३, बिहीबार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ