नेकपा-राजपा सहमतिपछि बाबुरामको प्रतिक्रिया : नयाँ मालिकहरू झन धूर्त छन् !


काठमाडौं, ३ पुस । समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा र राजपाबीचको सहमति प्रति कडा टिप्पणी गरेका छन् ।

डा भट्टराईले फुटाउ र राज गरको नीतिमा मालिकहरु खप्पिस भएको टिप्पणी गरेका हुन् । एक ट्वीट गर्दै डा भट्टराईले कसैको नाम नलिइ नेकपालाई मालिक र राजपालाई दासको रुपमा उल्लेख गरेका छन् ।

ट्वीटमा उनले लेखेका छन्,‘ जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभरदृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न ! फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन् । अहिलेका नयाँ मालिकहरू झन धूर्त छन् ! खाचो छ नयाँ स्पार्टाकसको१सबैलाई चेतना भया !

राजपासँग पार्टी एकताको छलफलमा रहेको समयमा नेकपाले राजपासँग प्रदेश देश २ का चार सिटमा दुईरुदुई लिने गरी सहमति गरेपछि समाजवादी असन्तुष्ट बनेको छ ।

कतिपयले नेकपाले समाजवादीलाई सरकारबाट बाहिर पठाउनका लागि राजपासँग सहमित भएको रुपमा व्याख्या गरिरहेका छन् । – खबरहब

प्रकाशित : २०७६ पुष ३, बिहीबार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ