‘न्यानो बाँडौ’ अभियानमा लाग्न वन अधिकारीसंग राज्यमंत्री मण्डलको अनुरोध


जनकपुरधाम, ६ पुस । प्रदेश २ का उधोग, पर्यटन, वन तथा बातावरण राज्यमंत्री सुरेश मण्डलले ‘न्यानो बाँडौ’ अभियानमा सहभागी हुन सम्पूर्ण डिभिजन बन कार्यालयका अधिकारीसंग अनुरोध गरेका छन् । तराई मधेशमा जारी शितलहरका कारण अत्यधिक चिसो बढेकोले आम जनताको जीवनयापन कष्टकर बनेको भन्दै राज्यमंत्री मण्डलले यस आपतको घडीमा जनताको साथमा खडा हुन अपिल गरेका हुन् । उनले बिभिन्न निकायसँग समन्वय गरी आफुसँग भएका श्रोत साधन समेत परिचालन गरी ‘न्यानो बाँडौ’ अभियानमा तदारुकताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्न वन अधिकारीहरुसंग आग्रह गरेका छन् । राज्यमंत्री मण्डल ‘न्यानो बाँडौ’ अभियानमा सम्पूर्ण डिभिजन बन कार्यालय, त्यसका प्रमुखलगायत सम्पूर्ण कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न अनुरोध सामाजिक संजाल फेसबुक गरेका छन् ।
प्रकाशित : २०७६ पुष ६, आईतवार ०९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ