सिद्धार्थ शिशु सदनद्धारा जनकपुरको रेल्बे स्टेशन रोडमा बृक्षारोपन


कुलदिप दास/ जनकपुरधाम, ७ पुस । शैक्षिक क्षेत्रमा निकै ख्याती कमाएका सिद्धार्थ शिशु सदन जनकपुरले ३९ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गरेको छ ।

विद्यालयले ३९ औं वार्षिकोत्सवको अवसरमा सोमवार जनकपुरको रेल्बे स्टेशनमा बृक्षारोपन पनि गरेको हो । रेल्बे स्टेशन क्षेत्रमा करिब ३ दर्जन बढी विभिन्न प्रजातीको विरुवा रोपेका छन् ।

विद्यालयले पहिलो दिन रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर, दोस्रो दिन कवीर अनाथालय र जानकी बृद्धाश्रममा खाद्यान्न तथा लत्ता कपड़ा वितरण गरेको थियो ।

प्रकाशित : २०७६ पुष ७, सोमबार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ