प्रदेशसभा बैठक आईतबार बस्दै


जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक झण्डै डेढ् महिनापछि बस्ने तय भएको छ । गत कात्तिक २९ गते बसेको प्रदेशसभाको बैठक लामो समयदेखि बस्न नसक्दा बुधबार बसेको कार्य परामर्श समितिको बैठकले आगामी पुस १३ गते आईतबार बैठक बस्ने निर्णय गरेको छ ।

यसअघि बिहीबारै प्रदेशसभाको बैठक बसने तय भएपनि यस दिन सूर्य ग्रहण लाग्ने भएकाले बैठक सारिएको हो ।

बिहीबार सुर्य ग्रहण तथा शुक्रबार र शनिबार अत्यधिक जाडोलाई मध्यनजर गर्दै आईतबारका लागि बैठक आह्वान गरिएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभाका कामकार्वाहीका साथै कानून बनाउने र बिभिन्न बिषयवस्तु छलफल गर्ने क्रम अवरुद्वजस्तै भएको छ ।

प्रदेशका समस्याहरु उत्थान गर्ने, समाधान गर्ने मुख्य निकाय प्रदेशसभा बैठक बस्न नसक्दा सांसदहरु पनि फुर्सदिला झैं भएका छन् ।

प्रकाशित : २०७६ पुष १०, बिहीबार १३:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ