प्रदेश २ मा लफडा : आज मुख्यमन्त्री राउतले जवाफ दिने


जनकपुरधाम, १५ पुस । प्रदेशसभाको बैठक आज पनि बस्दैछ । सोमबार बसेको प्रदेशसभाको बैठक केहि बेर चल्न दिएर सांसदहरुले अवरुद्व गरेको थियो । अवरुद्व गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनः बस्न नसकी मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

गत बर्ष संचालित योजनाको भुक्तानी नगरिएको भन्दै सांसदहरुले प्रदेशसभाको बैठक अवरुद्घ गरेका हुन् । मुख्यमन्त्री लालबाबु राउत आएर रकम निकासा हुन नसकेको सन्दर्भमा जवाफ दिनेगरी मंगलबारको बैठक तय गरिएको छ ।

सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेश सभाको बैठक शुरु भएको केही बेरमै प्रतिपक्षी तथा एक जना सत्तासिन सांसदले समेत बैठक अवरुद्घ गरे । कांग्रेस प्रमुख सचेतक उपेन्द्र कुशवाहाले भुक्तानी सम्बन्धमा सरकारले जवाफ नदिएकाले संसद अवरुद्घ गर्ने घोषणा गरेसँगै कांग्रेस र नेकपा सांसदहरु उठेर बैठक अवरुद्व गरेका थिए ।

विपक्षी सांसदहरुले बैठक अवरुद्व गरे लगत्तै राजपा सांसद उपेन्द्र महतोले समेत समर्थन जनाएका थिए ।

प्रकाशित : २०७६ पुष १५, मंगलवार ०९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ