सौतेलो बावुले नै बलात्कार गरेपछि तीन वर्षीया बालिकाको मृत्यू


कञ्चनपुर, १५ पुस । सौतेलो बावुले बलात्कार गर्दा महेन्द्रनगरमा तीन वर्षीया बालिकाको ज्यान गएको छ ।

भीमदत्त नगरपालिका १८ सालघारी बस्ने ३० वर्षीय इन्द्र चुनाराले बलात्कार गर्दा तीन वर्षीया सुनिता चुनाराको मृत्यु भएको हो । आफू दाउरा खोज्न जंगल गएर घरमा फर्किदा छोरीलाई बलात्कार गरिएको अवस्थामा मृत फेला पारेको आमा ललिता चुनाराले बताएकी छिन् ।

श्रीमानले नै छोरीलाई बलात्कार गरेर मारेको आफूले प्रत्यक्ष देखेको उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन् ।बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् ।

यता, प्रहरीले भने बाबुको कुटपिटबाट बालिकाको ज्यान गएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दका अनुसार चुनाराले कुटपिट गर्दा बालिकाको ज्यान गएको बयानका क्रममा बताएको जानकारी दिए ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनामा संलग्न चुनारालाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ पुष १५, मंगलवार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ