देशका अधिकांश ठाउँमा आज पानी पर्छ !


काठमाडौं, १८ पुस । पश्चिमी न्यूनचापिय प्रणालीका कारण अहिले देशभरको मौसम बदली भएको छ । पश्चिमका केहि भागका पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका धेरै स्थानमा पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । काठमाडौं उपत्यकासहित मध्य, पुर्व र पश्चिमका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भइ अधिकासं स्थानमा पानी पर्ने मानन्धरले बताइन् ।

देशका सबैजसो उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात हुनेछ । केहिदिन यता नेपालमा भित्रिएको पश्चिमी न्युन चापिय प्रणालीको असरका कारण देशका धेरैजसो स्थानको मौसम पूर्ण रुपमा बदली भई ठाउँ ठाउँमा वर्षा र हिमपात भइरहेको छ । यस प्रणालीको असर विषेश गरी पश्चिमी भेगका बढी देखिएको छ । यो प्रणाली भोलि देखि क्रमिक रुपमा कमजोर हुँदै जाने संभावना रहेको महाशाखाले जनाएको छ ।

हिजो काठमाडौं उपत्यकामा पनि पानी परेको थियो । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ डिग्री सेल्सियस मापन भएको थाहा खबरले जनाएको छ ।

प्रकाशित : २०७६ पुष १८, शुक्रबार ०८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ