सिरहाको गोलबजारका जेष्ठ नगरिकलाई वडाले दिए न्यानो कपडा र खाजा


सिरहा, १८ पुस । गोलबजार नगरपालीका वडा नं. ७ ले आफ्नो वडाका दुई सय ५० जेष्ठ नागरिक, एकल महिला तथा दलित जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरी सम्मान गरेक छ ।

वडा कार्यालयले लक्षित वर्ग अन्तर्गत जेष्ठ नागरिक, एकल महिला एवम् अति विपन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रमको आयोजना गरी कम्वल प्रदान गरेको हो । नगरपालीकाले आफ्नो जनता प्रतिको दायित्वका कारण चिसोबाट जोगिन अति विपन्न, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा एकल महिलालाई सम्मावन स्वरुप कपडा प्रदान गरेको नगर प्रमुख देवनाथ साहले बताए ।

उनले भने, ‘आफ्नो नगरक्षेत्रका सवै जनता जाडोबाट जोगिन आवशयकता अनुसार राहत सहयोग गर्दै आएका छौं, आवश्यक ठाउँहरुमा हामी यस्ता सहयोग गर्दै जाने छौं ।’

स्थानीइलाई नगरप्रमुख देवनाथ साह, प्रमुख प्रशासकित अधिकृत श्रीधर केसी लगाएत स्थानीय समाजसेवीहरुले कम्वल प्रदान गरेका थिए ।

वडाका ९५ जना जेष्ठ नागरिक, ४३ जना दलित जेष्ठ नागरिक, ९९ जना एकल महिला सहित दुई सय ५० जनालाई कम्वल प्रदान गरेको वडा अध्यक्ष जगत कुमार श्रेष्ठले जानकारी दिए ।

राहत तथा सम्मान कार्यक्रममा उपस्गितहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । राहतका लाग उपस्थित सवैलाई मिठो खाजाको समेत व्यवस्था गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए ।

वडा अध्यक्ष श्रेष्ठले प्रत्यक वर्ष आफ्ना वडाका जेष्ठ नागरिकलाई सम्मान गर्दै आएका छन् ।

प्रकाशित : २०७६ पुष १८, शुक्रबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ