ट्यालेन्ट्को सन्देश दिन मिस एन्ड मिस्टर सिरहा !


संजय विश्वकर्मा/ लहान, २० पुस । जिल्लामा पनि ट्यालेन्टहरु छन् भन्ने नेपाललगायत विश्वमा संदेश दिन सिरहामा मिस एण्ड मिस्टर सिरहा सिजन -2 को अडिशन राउन्ड चलिरहेको छ ।

स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहनलाई विश्वसामु चिनाउनका लागि मिस एन्ड मिस्टर सिरहाको आयोजना गरेको मिस सिरहा सिजन-1 कि बिजेता एलिसा शासंकरले बताईन । केएसआर प्रोडकशनको आयोजनामा भैरहेको प्रतियोगितामा बिजेता हुने प्रतियोगीहरुलाई अध्ययन गर्न छात्रवृत्ति , नेपाल आईडल, मलेसियामा हुने मिस प्रतियोगिताका साथै नेपाली चर्चित कलाकारहरुको म्युजिक भिडियोहरुमा प्रतिभा देखाउने अबसर प्रदान गर्ने आयोजकले जानकारी दिए ।

शनिबार सप्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले प्रतिभाको माध्यमबाट बलात्कारिलाई कडा सजाय दिन जोडदार रुपमा सरकार संग माग गरेका थिए । निर्मला हत्याकाण्डका दोसिहरुलाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु लगायतको बिषयलाई यस राउन्डमा विशेष प्राथमिकतामा राखेका थिए ।

सम्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुको अभिभावकहरुको पनि सभागिता रहेको थियोे । सिजन -2 को फिनाले पौष २५ गते हुने आयोजकले जानकारी दिए ।

प्रकाशित : २०७६ पुष २०, आईतवार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ