सुनको भाउ तोलामा एक हजार बढ्यो


काठमाडौं, २३ पुस । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको जनाएको छ । बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको छ ।

मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटेको थियो । तर बुधबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको हो । यस्तै तेजावी सुनको मूल्य ७६ हजार २ सय कायम भएको छ ।

चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । मध्यपूर्वको तनावले सुनको भाउ लगातार बढेको सुनचाँदी व्यवसायीले जनाएका छन् ।

प्रकाशित : २०७६ पुष २३, बुधबार १३:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ