सिरहामा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ


जयनाथ यादब/ सिरहा, २३ पुस । सिरहामा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका १२ ठटिया बस्ने २३ वर्षीय राकेश यादव छन् ।

एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा यादबलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यादबमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७६ पुष २३, बुधबार १३:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ