लहानमा NIC Asia बैंकले ल्यायो चमत्कारिक योजना, खाता खोलाउँदा २१ लाखको बिमा !


जयनाथ यादब/ लहान, २३ पुस । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मुल नाराका साथ एनआइसी एशिया बैंक लहान शाखाले पनि न्यु सुपर चमत्कारिक योजना ल्याईएको छ ।

बैंकले नयाँ बर्ष सन् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई प्रत्यक्ष फाईदा पुग्नेगरी चमत्कारिक योजनाहरु ल्याएको हो । बुधवार उप–प्रादेशिक शाखा लहानका प्रमुख जितेन्द्र कुमार साहले पत्रकार सम्मेलन गरी चमत्कारिक योजनाहरुबारे जानकारी गराए ।

उनका अनुसार चमत्कारिक फाईदाहरु समेटेर उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।

चमत्कारिक योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने पनि उनले जानकारी गराए । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा बैंकले प्रदान गरिने उनको भनाई छ ।

औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्ने जनाईएको छ । बैंकले सुपर चमत्कारिक बचत खातामा २ लाखभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९।७५५ सम्मको ब्याजदर प्रदान गर्नेछ ।

यस बैंकको प्रदेश नम्बर २ मा प्रादेशिक कार्यालय महोत्तरीको बर्दिवास, सिरहाको लहान , धनुषाको जनकपुर, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर, पर्सा जिल्लाको बिरगंजमा ५ वटा उप– प्रादेशिक कार्यालय रहेको बैंकले जनाएको छ ।

सिरहा, मिर्चौया, गोलबजार गरी ६ वटा शाखा रहेको छ भने शाखारहित बैंक सितापुर, जिरोमाईल र भोक्राहामा छ । चमत्कारिक योजनाको प्रत्यक्ष फाईदा लिन बैंकले आमग्राहक बर्गलाई अपिल गरेको छ ।

प्रकाशित : २०७६ पुष २३, बुधबार १८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ