सप्तरीका पाँच स्थानीय तहमा आज सार्वजनिक विदा


राजविराज, २५ पुस । सप्तरीका पाँच स्थानीय तहमा आज सार्वजनिक विदा दिइएको छ । प्रत्येक बर्ष मनाइने पुसी पूर्णिमा पर्वको अवसर पारेर स्थानीय तहहरुले विदा दिएको छ ।

जिल्लाको हनुमाननगर कंकालनी, कंचनरुप र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर र छिन्नमस्ता गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । यी स्थानीय तहहरुमा भव्यतापूर्वक पुसी पूर्णिमा पर्व मनाइँदै आएको छ ।

कोशी नदीमा स्नान गरी मिठा परिकारहरु खाएर पुसी पूर्णिमा मनाउने चलन रही आएको छ । यस दिन कोशी नदीमा स्नान गरे पापबाट मुक्ति हुने विश्वास रही आएको छ ।

यो पर्वको अवसरमा हनुमाननगर कंकालनी नगरपालिकाको कोशी व्यारेज, कंचनरुप नगरपालिकाको मलकौर र धनकटा, बिष्णुपुर गाउँपालिकाको बरहीबीरपुर नहर सप्तकोशी नगरपालिकाको मेगरिन चुरियासहितका ठाउँमा भव्य मेला लाग्ने गर्दछ । यो मेलामा नेपालको बिभिन्न ठाउँसहित भारतीय तिर्थालुहरु समेत आउने गर्छन् ।

प्रकाशित : २०७६ पुष २५, शुक्रबार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ