धनुषामा खोला उत्खननको विरोध गर्ने युवकलाई टिपरले किचेर हत्या गरियो


जनकपुरधाम, २५ पुस । खोला उत्खननको विरोध गर्दा धनुषामा एक युवकलाई टिपरले किचेर हत्या गरिएको छ । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको हो ।

महतोसँग खोला उत्खनन रोक्न स्थानीय रोशन यादव पनि त्यहाँ पुगेको थियो । महतोलाई टिपरले किचेपछि रोशन भागेको बताइएको छ । प्रहरीले पनि घटनाको प्रकृति हेर्दा टिपरले किचेर मारेको देखिएको बताएको छ । टिपरले किचेपछि महतोको घटनास्थलमै मृत्यू भएको छ । उनको शव पोष्टमार्टमका लागि जनकपुर ल्याएको छ ।

स्थानीयबासी घटनापछि आक्रोसित बनेका छन् । उनीहरु राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिरहेको बताइएको छ ।

https://www.youtube.com/watch?v=SD7u5OxKzMA
प्रकाशित : २०७६ पुष २५, शुक्रबार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ