धनुषाको यज्ञभुमिमा कार्यरत इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


जनकपुरधाम, २६ पुस । धनुषाको एक प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यज्ञभूमि इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षकविरूद्ध शुक्रबार विशेष अदालतमा अख्तियार दुरुपयोग आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ हजार भ्रष्टाचार गरेको अभियोगमा प्रहरी नायव निरीक्षक कालिचरण पंजियारविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिने भन्दै एक पक्षसंग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगले अनुसन्धान थालेको थियो । सोही अनुसन्धानमा बर्दिबासको टोलीले सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगले उनीविरूद्ध बिगो रकम कायम गरी कैद सजायको माग समेत गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का विजयप्रसाद साहसंग घुस रकम मागेका थिए । घुस माग्दै गर्दा प्रहरीले इन्सपेक्टर पञ्जियारलाई पुस ५ गते पक्राउ गरेका थिए ।

प्रकाशित : २०७६ पुष २६, शनिबार ०९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ