सप्तरीका तीन पत्रकार पुरस्कृत, पुरस्कार राशि ५ हजार ५ रुपैयाँ


राजविराज, २७ पुस । पत्रकार लोकेन्द्र बूढाथोकीको स्मरणमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शनिबार राजविराजमा कार्यक्रमको आयोजना गरेको छ । यो शाखाले प्रत्येक बर्ष लोकेन्द्र स्मृति दिवस मनाउँदै आएको छ ।

शनिबार आयोजना गरिएको लोकेन्द्र स्मृति कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ । एक जनालाई लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट तथा बाँकी अन्य दुई जना पत्रकारलाई अन्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार जनता टेलिभिजनका विद्यानन्द रामले पाएका छन् ।

लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार कोषका संस्थापक सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल र महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले रामलाई संयुक्त रुपमा नगद, दोसल्ला तथा प्रमाण पत्र प्रदान गरे । सो पुरस्कारको राशी भने ५ हजार ५ रुपैयाँ रहेको छ ।

सोही कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको ‘लक्ष्मीमुक्ती स्मृति पत्रकारीता’ बाट पत्रकार व्यास शंकर उपाध्याय तथा वातावरण दैनिकका सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारीता पुरस्कारबाट दिनानाथ यादव पुरस्कृत भएका छन् ।

पत्रकार उपाध्याय काठमाडौंबाट प्रकाशित ‘द हिमालयन टाइम्स’ पत्रिकामा सप्तरी सम्वाददाताका रुपमा कार्यरत रहेका छन् भने यादव रेडियो नेपालको जिल्ला सम्वाददाता हुन् ।

प्रकाशित : २०७६ पुष २७, आईतवार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ