दिलिपलाई पर्यावरण सहिद घोषणा गर्न चुरे मधेस विकास मञ्च धनुषाको माग


जनकपुरधाम, २८ पुस । जथाभावी भइरहेको अवैध उत्खन्नको बिरोध गर्दा हत्या गरिएको दिलिप भन्ने ओमप्रकाश महतोलाई पर्यावरण सहिद घोषण गर्न माग गरिएको छ ।

चुरे मधेश विकास मञ्च जिल्ला कार्य समिति धनुषाले आइतबार धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकार र प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्री परीषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएर पर्यावरण सहिद घोषणा गर्न माग गरेका छन् ।

अवैध उत्खन्नको बिरोध गर्दा शुक्रबार विहान मिथिला नगरपालिका–५ स्थित औरही खोलामा महतोको हत्या भएको थियो । हत्यामा संलगन चार जनालाई धनुषा प्रहरीले अनुसन्धान पश्चात शनिबार अबेर राती सार्वजनिक गरिसकेका छन् ।

समितिको जिल्ला अध्यक्ष चन्द्रकिसोर यादवद्धारा जारी विज्ञप्तीमा विभिन्न चार बुंदे माग उल्लेख गरिएको छ । दिलिपको परिवारलाई उचित क्षतिपूर्ति, दिलिपलाई पर्यावरण सहिद घोषणा गनु पर्ने, दोषीलाई कडा कारवाही गर्नु पर्ने र गिट्टी, बालुवा तस्करी बन्द गर्नु पर्ने माग गरिएको हो ।

समितिले जनकपुरधाममा श्रद्धाञ्जलीसभासमेत मनाएका छन् ।

प्रकाशित : २०७६ पुष २८, सोमबार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ