लहानमा बार्षिक साढे सात हजार मेट्रिक टन फोहोर, मल बनाउने योजना अलपत्र


लहान, २८ पुस । लहान नगरपालिकामा बार्षिक ७ हजार ३ सय मेट्रिक टन फोहोर संकलन हुँदै आएको छ । लहान नगरपालिकाको समाजिक शाखाका भानुराज शर्माका अनुसार गल्ने ४ हजार ३ सय ८० र नगल्ने २ हजार ९ सय २० मेट्रिक टन फोहोर लहानमा संकलन हुँदै आएको बताए ।

घरपरिवारबाट ५२ प्रतिशत, स्वास्थ्य प्रतिष्ठानबाट १५ प्रतिशत, शैक्षिक संस्थानबाट ८ प्रतिशत, उद्योग व्यापारबाट १६ प्रतिशत र अन्य ९ प्रतिशत फोहोर लहानमा बार्षिक उत्पादन हुँदै आएको छ ।

उत्पादीत फोहोर संकलनको लहान ४ मा डम्पिँग साइड बनाएको छ । यसअघि बलान खोलामा फोहोर फाल्दै आएको थियो । मलमा परिणत गर्नको लागि लहान नगरपालिकाले डम्पिँग साइडको व्यवस्था गरिएपनि हालसम्म उत्पादन कार्य अघि बढेको छैन ।

लहान नगरपालिकाले फोहोर सँकलनको लागि बजारक्षेत्रमा रातो निलो डस्विन वितरण समेत गरेको छ । सो डस्विन ३६ सय ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । अधिकाँश स्थानीयले डस्विन प्रयोग गरिएपनि कति ठाउँमा सडकमा फालिएको अवस्थामा रहेको छ ।

नियमित फोहोर सँकलनको लागि रिक्शा ३, ट्रयाक्टर ५, ट्रिपर २, लोडर १, ग्रेडर १, डोजर २ र एक्जाभेटर २ प्रयोग गर्दै आएको छ । यसको लागि लहान नगरपालिकाले ३७ जना कामदार नियमित खटाउँने गरेको छ ।

वातावरण शुल्क भन्दै सरसफाई वापत नगरपालिकाले रु.५० देखि २०० सम्म घरव्यक्ति, ३०० देखि ८०० सम्म भवन कार्यालयबाट राजस्व उठाउँदै आएको छ ।

प्रकाशित : २०७६ पुष २८, सोमबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ