सिरहा क्याम्पस ठप्प पारियो, प्रमुखलाई क्याम्प्स प्रवेश निषेध


सिरहा, २९ पुस । सिरहा सदरमुकामस्थित सुर्यनारायण सत्यनारायण मोरवैता यादब बहुमुखि क्याम्पस ठप्प भएको छ । विद्यार्थी संगठनहरुले क्याम्पस ठप्प पारेर प्रमुखलाई प्रवेश नै निषेध गरेको हो ।

क्याम्पसले २ मुख्य सहायक र दुई सहायक गरी ४ कर्मचारीका लागि दरखास्त आह्वान गरेको थियो । तर आफ्ना नजिकका व्यक्तिलाई कर्मचारीमा भर्ना गर्न लागेको भन्दै विद्यार्थी संगठनहरुले क्याम्स प्रशासनलाई ज्ञापनपत्र बुझाएर सचेत हुन आग्रह गरे । त्यसपछि क्याम्पस प्रमुखले विज्ञापनको सबै प्रक्रिया पारदर्शी र सिरहामै गरिने प्रतिवद्धता जनाए । तर सहमती कार्यान्वयण नभएको तीन विद्यार्थी संगठन आन्दोलित बनेका छन् ।

सोमवार नेविसंघका प्रमोद कुमार यादब, अनेरास्ववियुका सुदन कुसियैत र समाजवादी विद्यार्थी युनियनका काशिन्द्र यादबले संयुक्त विज्ञप्ती निकालेर क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश निषेधको घोषणा गरेको हो ।

मंगलवारदेखि क्याम्पस प्रमुख कृष्णकुमार यादब क्याम्पसमा प्रवेश गरे कालोमोसो दल्ने एक विद्यार्थी नेताले बताए । उनले भने, ‘सिरहामै परीक्षा लिने सहमती गरेपनि काठमाडौंमा परीक्षा हुने सूचना निकालेपछि आन्दोलन गर्न बाध्य भयौं ।’

यस्तै पूर्व विद्यार्थी नेता अरबिन्द यादबले क्याम्पस प्रमुखले आफ्ना नजिकका व्यक्तिहरुलाई कर्मचारी नियुक्त गर्न खोजेपछि विद्यार्थी संठनहरु आन्दोलित बनेको बताए । उनका अनुसार पुस २२ गते नै विद्यार्थीहरु क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन् । तर कसैले चासो लिएका छैन । अनी बाध्य भएर विद्यार्थीहरु प्रमुखलाई क्याम्पस प्रवेश निषेधको घोषणा गरेको छ ।

सिरहा क्याम्पस विगत लामो समयदेखि कुनै न कुनै विवादका कारण संकटमा परेको छ । कहिले प्राध्यापक आन्दोलत, त कहिले विद्यार्थी आन्दोलनले क्याम्पसको नियमित पठनपाठन अवरुद्ध हुनेगर्छ । सिरहाको शान बनेको यस क्याम्पसले सक्षम र सवल नेतृत्व नपाउँदा यहाँ पढ्न आउने विद्यार्थीको संख्या पनि ह्वातै घटेको विद्यार्थीहरु बताउँछन् ।

प्रकाशित : २०७६ पुष २९, मंगलवार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ