मुख्यमन्त्रीको आक्रोस : राज्य निरीह बनेकै कारण क्रसर माफियाले दिलिपको हत्या गर्यो


जनकपुरधाम, २९ पुस । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताउनु भएको छ । निति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय, र परराष्ट्र मामिला अध्यन प्रतिष्ठान द्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रम लाई सम्बोधन गर्नु हुदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।

जलवायु परिवर्तन लाई रोक्न फिल्डमै काम गर्नु पर्ने बताउनु हुँदै मुख्यमन्त्री राउतले आफनो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागो्ष्ठीमा केलाउने प्रवृति अन्त गर्नु पर्ने बताउनु भयो । चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद निम्त्याएको उल्लेख गर्नु हुँदै उहाँले चुरे दहन र बन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नु भयो,‘ दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन, दिनहु वन विनास हुँदैछ , रोक्ने प्रयास गर्नेहरुको दिन दहाडै हत्या हँद्रैछ हामी मुक दर्शक भएका छौ । प्रहरी हाम्रो मातहतमा छैनन् , संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन यो भन्दा ठृुलो दुर्भाग्यको कुरा अरु के होला ।’

https://www.youtube.com/watch?v=8wT4q4XE9E4

तलदेखी माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भई रहेको आरोप समेत उहाँले लगाउनु भयो । विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइ रहेको तर्फ सचेत गराउनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘हिले विभिन्न नेताहरुको चुरे विनास गरेर धमाधम सडकहरु निर्माण हुँदै छन । त्यसको दुष्प्रभाव तराई मधेशमाथि पर्ने निश्चित छ । यसलाई रोक्न पर्यावरण विदहरुलाई कलम चलाई दिनु पर्दछ । तीनै तहका सरकारको आँखा खोलि दिने काम गरि दिनु पर्दछ ।’

प्रकृतिमाथि भई रहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रकृतिमाथिको अतिक्रमण अविलम्ब नरोकिए ठुलो समस्या निम्तिने चेतावनी समेत दिनु भयो ।

निति अनुसन्धान प्रतिस्ठान सदस्य डा सुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रदेश निति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा , राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियोे ।

प्रकाशित : २०७६ पुष २९, मंगलवार १२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ