धनुषामा पेस्तोल पड्काउँदै हिडेका दुई युवक पक्राउ


जनकपुरधाम, १ माघ । धनुषाक जनकनन्दनी गाउँपालिका ५ स प्रहरीले स्वचालित पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय दिपेश कुमार महतो र सोही ठाउँका १९ वर्षीय शुभकेश महतो छन् ।

पक्राउ परेका दिपेश पेस्तोल लक पड्काउदै हिडेको सूचना प्रहरीले पाएका थिए । सोही सूचनाको आधारमा प्रहरीले त्यहा पुगे र आँपको गाछीमा जमिनमा माटोले गाडेर छोपेको अवस्थामा पेस्तोल बरामद गर्यो ।

पेस्तोल लुकाएका दुवै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ माघ १, बुधबार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ